|

काठमाडौं : नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले सुन तस्करी प्रकरणमा आफ्नो संलग्नता नरहेको दोहोर्‍याएका छन्।

बिहीबार बिहान सामाजिक सञ्जालमा लेखेर महराले सुन तस्करी प्रकरणमा आफ्नो संलग्नता नभएको विषय अगाडि नै प्रष्ट पारिसकेको भन्दै थप स्पष्ट पार्न चाहेको बताएका छन्। 

उनले आफ्नो भनी सञ्चारमाध्यममा आएको मोबाइल नम्बर पनि आफ्नो नरहेको र त्यो नम्बर प्रयोग नै नगरेको प्रष्टीकरण दिएका छन्। उनले आवश्यक परे छानबिनमा सघाउने भन्दै भ्रममा नपर्नसमेत आग्रह गरेका छन्।


 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.