|

काठमाडौं : शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म तारेभीरको निर्माण टोली यतिबेला हलमा दर्शकसँगै बसेर फिल्म हेर्न व्यस्त छ। निर्माता डि.के. देवानसहित कलाकारहरु फिल्म हल हलमा पुगिरहेका छन्।

प्रदर्शनमा आएको ४ दिन पछि ‘तारेभिर'को 'सुसाईमा’ बोलको गीत युट्यूबमा रिलिज भएको छ। प्रेम सुब्बाको शब्द बिष्णु चेम्जुङ्गको स्वर रहेको गीतको संगीत सनम पौडेलको हो। फिल्म ‘तारेभीर’ले यथार्थ घटनाक्रमलाई चित्रण गरेकाले दर्शकहरुले रुचाएका छन्।

देशलाई अपराधिक गतिबिधिबाट मुक्त गर्नको लागि के कस्तो कदम चल्नुपर्छ भन्ने कुराको वरिपरी फिल्मको कथा घुम्छ। फिल्ममा बिष्णु चेम्जोङ, नबिन कार्की, रेखा फागो, प्रेम सुब्बा, देउ कृष्ण दिवान, रमेश सिंह, दिपेश श्रेष्ठ, अजय कुमार माझी, मन्जु श्रेष्ठ, रंजित राना, निर्मल शर्मालगायतको अभिनय रहेको छ। फिल्म ‘तारेभीर’ का निर्देशक प्रेम सुब्बा हुन्। निर्माता डी.के दिवानले अब छिट्टै नै अर्को फिल्म निर्माण गर्ने बताउदै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.