|

काठमाडौं : यस वर्षको कक्षा १२ को परीक्षाफल अर्को साता सार्वजनिक हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डका सहसचिव एवम् प्रवक्ता जङ्गबहादुर अर्यालका अनुसार नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा रहेकाले अर्को साता परीक्षाफल आउने भएको हो।

उनले भने, ‘कक्षा १२ को नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको छ। आउने साता प्रकाशन गर्नेर्छौं।’ अहिले परीक्षार्थीको प्राप्तांक रुजु गरिरहेको उनले बताए। 

उनका अनुसार परीक्षामा करिब ४ लाख ६७ हजार ३८९ परीक्षार्थी सहभागी भएका थिए। तीमध्ये ५६ हजारभन्दा बढी परीक्षार्थीले नम्बर थोरै आएका विषयमा ग्रेड वृद्धि परीक्षा दिएका थिए। 

परीक्षा ७७ वटै जिल्लाका १ हजार ४५३ परीक्षा केन्द्रबाट वैशाख २६ देखि जेठ ५ गतेसम्म सञ्चालन भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.