|

नवलपरासी : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले नक्कली भुटानी शरणार्थी, ललितानिवास र सुन काण्डलाई सूक्ष्म रूपमा अनुसन्धान अघि बढाए औँलामा गन्न सकिने नेता मात्र बाँकी रहने बताएका छन्।

पश्चिम नवलपरासीको बर्दघाटमा आयोजित क्षेत्रीय भेलालाई सम्बोधन गर्दै लामिछानेले सरकारले आँट गरेर निडर भएर छानविन अगाडि बढाए औँलामा गन्ने बाहेकका सबै नेता जेलमा पुग्ने दाबी गरे।

काण्डका फाइल खुल्नासाथ नेताहरु विदेश पलायन हुनेक्रम सुरु भएको बताए। प्रदेश संरचना नेताहरुलाई भाग पुर्‍याउने र रिझाउने ठाउँ रहेकोले प्रदेशको बारेमा गम्भीर भएर सोच्नुपर्ने अवस्था आएको उनको भनाइ छ।

पार्टीप्रति आएका सबै अभिब्यक्ति र धारणाको बारेमा आफू जानकार रहेको बताउँदै लामिछानेले भने, 'हाम्रो पार्टीलाई आलोचित बनाउन विभिन्न अभिब्यक्ति र धारणा आएका छन् तर हामी यसको जवाफ फर्काउने पक्षमा छैनौं' उनले थपे, 'हामी पुराना पार्टी जस्तै एक अर्कामा आरोप प्रत्यारोप गर्ने नभई परिणाम दिने गरी काम गर्छौं।'

महिलाहरुले सार्वजनिक यातायातका क्षेत्रमा भोगेका समस्यालाई बुझेर चितवनमा ब्लु बस सुरु गरेकोमा विस्तारै देशैभर सेवा विस्तार गरिने लामिछानेले बताए।

पद र लाभका लागि रास्वपामा कोही आएको भए त्यस्तालाई  पार्टीमा कुनै ठाउँ नभएको बताए। “देश बनाउनका लागि आए ठिक छ नत्र भोलि पार्टी सरकारमा जाँदा लाभ लिन सकिएला, चुनावमा टिकट पाएर जितौँला, ठेक्कापट्टा हात पारौँला भन्ने भए त्यो पूरा हुँदैन” लामिछानेले भने।

जब नागरिकमा असल नेता छान्ने क्षमता हुन्छ तबमात्र देशको विकासले गति लिने बताउँदै लामिछानेले नेता छनोट गर्दा आस्वासन र प्रलोभनमा नपरी निर्धक्क असल नेता छनोट गर्न नागरिकलाई आग्रह गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.