|

काठमाडौँ: नेपाल पत्रकार महासंघको २५औँ महाधिवेशन पुन: सरेको छ। स्थानीय तहको निर्वाचन बैशाख ३१ मा गर्ने निर्णय भएपछि महासंघले गत बैशाखमा गर्नुपर्ने महाधिवेशन असार २३ र २४ गतेका लागि सारेको थियो। पुन: दोस्रो चरणको स्थानीय तह निर्वाचन असार १४ गतेका लागि सारेपछि महासंघले आफ्नो महाधिवेशन सारेको जनाएकाे छ। 

 महासंघको बुधबार बसेको बैठकले आगामी भदौ ४ र ५ गते काठमाडौँको प्रज्ञा भवनमा २५अौँ महाधिवेशन गर्ने निर्णय भएको छ।

'सरकारले स्थानीय तहको दोस्रो चरणको निर्वाचन जेठ ३१ गतेको सट्टा असार ९ र पछि असार १४ गतेकf लागि निर्धारण गरेको हुँदा महासंघका सभासद र क्रियाशील पत्रकारहरू स्थानीय निर्वाचन र सोको परिणामको समाचार संकलन र संप्रेषणमा व्यस्त हुनुपर्ने भएकाले महाधिवेशन मिति सारिएको हो', महासंघका महासचिव उजिर मगरले जानकारी दिए।

असार २२ र २३ गते पत्रकारहरू महाधिवेशनमा सहभागी हुन संभव नभएकाले महाधिवेशन मिति सार्न जिल्लाबाट पनि अनुरोध भइरहेकाले महासंघका संरचना र सरोकारवाला संघसंगठन तथा अग्रजहरूसँगको परामर्श, मौसमको प्रतिकूलता एवं अन्य पक्षलाई मध्यनजर गरी परिस्थितिजन्य बाध्यता र सहभागीको सहजताको निम्ति आवश्यकताको सिद्धान्तको आधारमा महासंघको २५औँ महाधिवेशन २०७४ भदौ ४ र ५ गते काठमाडौँको प्रज्ञा भवनमा गर्ने निर्णय भएको बैठकपछि महासचिव मगरले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.