|

सोलुखुम्बु : दोस्रो चरणको स्थानीय तह चुनावको लागि सोलुखुम्बुको एउटा मतदान केन्द्रमा महिला कर्मचारी मात्र खटाइएको छ।  सोलुदुधकुण्ड नगरपालिका वडा नं ५ सल्लेरीमा रहेको जनजागृति मावि सल्लेरी (क) केन्द्रमा  मतदान अधिकृतदेखि कार्यालय सहयोगीसम्म सबै महिला कर्मचारी खटाइएकोे मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

निर्वाचनस्थल महिलामैत्री र नमूना केन्द्रका रूपमा स्थापित गर्नका लागि महिलाकै नेतृत्वमा निर्वाचन केन्द्र सञ्चालन गर्न लागिएका मुख्य निर्वाचन अधिकृत प्रकाशचन्द्र अधिकारीले बताए। 

महिला तथा बालवालिका कार्यालय सोलखुम्बुका महिला विकास अधिकृत रश्मी श्रेष्ठ यस केन्द्रमा मतदान अधिकृत छिन्। झरना राई सहायक मतदान अधिकृत, सिर्जना कार्की र सिर्जना आचार्य सहायक तथा निर्मला माझी कार्यालय सहयोगी छन्। 

मतदान अधिकृत रश्मी श्रेष्ठले  यस अघि बारा र बैतडीमा निर्वाचन गराएको अनुभव आफुसँग रहेको बताइन्। उनले यस केन्द्ररमा मतदान गराउन कुनै समस्या नहुने विश्वास रहेको बताइन्। अन्य ३ जना महिला स्वमंसेवक पनि नियुक्त गर्ने उनले बताइन्। 

यस मतदान केन्द्रको मतदाता संख्या ५ सय ८८ छ। चुनावका लागि जिल्लामा ६ सय ६६ जना कर्मचारी परिचालन गरिएको छ। एक नगरपालिका सहित  ७  गाउँपालिका  रहेको जिल्लामा ११८ मतदानस्थल र १२० मतदान केन्द्र  छन्।  ६१ हजार ७ सय ४६ मतदाता रहेको सोलुखुम्बुमा नगरपालिका तथा गाउँपालिका गरी २ सय ५१ जना जनप्रतिनिधि चुनिनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.