|

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिकामा गए राति जङ्गली हात्ती मरेको छ ।

यहाँको शुक्लाफाँटा नगरपालिका–७ स्थित वातावरण मध्यवर्ती साुमदायिक वन कार्यालय परिसरमा रहेको शौचालयको सेप्टी ट्यांकीमा परेर एक जंगली हात्ती मरेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले जानकारी दिए।

‘राति १२ बजेपछि जङ्गली हात्ती आएर सेप्टी ट्यांकीमा पछाडिको खुट्टा परेर मरेको देखिएको छ’, प्रमुख संरक्षण अधिकृत मेहताले भने, ‘अहिले प्राविधिकसहितको टोली गएर घटनास्थल मुचुल्का संकलन गर्ने काम भइरहेको छ।’

बथानमा आएको हात्ती एक्लै छुटेर त्यहाँ आएको हुनसक्ने अनुमान गरिएको छ। ‘थप अनुसन्धान भइरहेको छँ, उनले भने, ‘विधि प्रक्रिया पुर्‍याएर हात्तीको व्यवस्थापन गरिनेछ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.