|

सिरियाली राष्ट्रपति बसर अल असदले मङ्गलबार शतप्रतिशत तलब वृद्धि गर्न आदेश दिएका छन्। 

सरकारले इन्धनको मूल्य उच्च अङ्कले वृद्धि गरेपछि सरकारद्वारा दिने मासिक तलबमानमा पनि वृद्धि गर्न राष्ट्रपतिले निर्देशन दिएका हुन्। 

सन् २०११ मा सिरियाली युद्ध सुरु भएयता राज्यका कर्मचारी, अवकाशप्राप्त र सैनिक कर्मचारीको तलब वृद्धि नवौँ पटक गरिएको छ। त्यसयता देशको अर्थतन्त्रले गम्भीर सङ्कट झेलेको छ। 

यो निर्णय गर्नुअघि सरकारी कर्मचारीको मासिक तलब १० देखि २५ अमेरिकी डलर को बीचमा थियो। यो सिरियाली पाउण्डको बजार मूल्यमा निर्भर गर्दछ।

मङ्गलबार राति सिरियाली आन्तरिक व्यापार तथा उपभोक्ता संरक्षण मन्त्रालयले ढुवानी र बेकरीका लागि डिजेल इन्धनको मूल्य मा १८० प्रतिशत र सामान्य ओक्टेन पेट्रोलमा करिब १६५ प्रतिशतले वृद्धि गरेको थियो।

इन्धनको मूल्यवृद्धिले सडकमा अस्तव्यस्तता निम्त्याएको छ भने धेरै बस चालकहरूले बुधबार काममा जान अस्वीकार गरेका छन्।

मूल्य वृद्धिले खाद्य पदार्थको मूल्यमा पनि व्यवधान ल्याएको र रातारात ३० देखि १०० प्रतिशतको बीचमा बढेको बताइएको छ। 
---

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.