|

दार्चुला : टेलिफोन टावरहरु खराबी आउँदा जिल्ला निर्वाचन कार्यालयले उम्मेदवारहरुको अन्तिम नामावली समेत उपलब्ध गर्न सकेको छैन भने सञ्चार माध्यमहरुले ग्रामीण क्षेत्रमा समाचारहरु संकलन गर्न समस्या भएको जनाएका छन्।

उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन भएको दुई दिन बितिसक्दा पनि मूख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा जिल्लाका पाँच स्थानीय तहको उम्मेदवारीको अन्तिम नामावली आइपुगेको जनाएका छन्।

व्यास, अपी हिमाल, मार्मा, लेकम र नौगाढ गाउँपालिकाको अन्तिम उम्मेदवारी पाउन सकिएको छैन। जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी आनसिह डागाले भने। महाकाली र शैल्यशिखर नगरपालिकासहित पाँच तहको उम्मेदवारी मात्रै उपलब्ध छ, अरु तहको उम्मेदवारी सञ्चार समस्याका कारण अपडेट हुन सकेको छैन। मुख्य निर्वाचन अधिकृतको कार्यालयका आइटी अफिसर वर्तराज पण्डितले भने।

जिल्लामा रहेका आधा दर्जन बढी रिपिटर टावरहरुले निरन्तर काम गर्न नसक्दा जिल्लामा सञ्चारको समस्या देखा परेको हो।सञ्चार समस्याकै कारण गाउँ-गाउँमा रहेको रिपोर्टरहरुलाई सम्पर्क गर्न नसकेर दार्चुलाका सञ्चार माध्यमहरुमा ग्रामीण क्षेत्रमा समाचारहरु न्यून हुन थालेको पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकरसिह धामी बताउँछन्।

सञ्चारको समस्याको कारण उर्जा

दार्चुलामा सञ्चार सेवाले यसरी अवरोध खेप्नुको मुख्य कारण भने पर्याप्त ऊर्जा नहुनु नै हो। जिल्लामा स्काई (सिडिएमए) र नमस्ते (जिएसएम) का एक दर्जन टावरहरु छन् तर ५ ठाउँमा मात्रै टावरसम्म विद्युत सेवा छ। ७ वटा टावरमा सोलार छ। सोलार प्यानल, ब्याट्री खराब हुँदा र मौसम बदली हुँदा सञ्चारमा समस्या आउने गरेको टेलिकम दार्चुलाले जनाएको छ।

पछिल्लो पटक व्याँसको छाङ्रु, अपिहिमालको खण्डेश्वरी, लेकमको सर्मोली र नौगाढको सिप्टी टावरमा ऊर्जा अपर्याप्त हुदा उक्त क्षेत्रको सञ्चारमा समस्या आएको हो। दुहुँको कैचुला टावरमामा आएको समस्या समाधान गरिएको र अपिहिमालको खण्डेश्वरीमा रहेको टावरमा आएको समस्या समाधान गर्न टोली त्यसतर्फ गएको टेलिकम प्रमुख ललित चन्दले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.