|

विराटनगर : काठमाडौंमा स्वतन्त्र उम्मेदवार बनेकी विवेकशील पार्टीकी चर्चित उम्मेदवार रञ्जु दर्शनाको चुनाव चिह्न स्टकोट विराटनगरमा युवा व्यवसायी गणेशराज विष्टले पाएका छन्।

नयाँ विचार र नयाँ जोशका साथ विराटनगर महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिएका विष्टले रञ्जुको स्टकोट चुनाव चिह्न पाएका हुन्। चुनाव चिह्न स्टकोट पाएसँगै विष्टलाई धेरैले विवेकशील पार्टीको उम्मेदवारको रुपमा हेरेका छन्। तर, विष्टले भने विचार र दृष्टिकोण जोसँग मिले पनि चुनाव चिह्नकै आधारमा यो पार्टी ऊ पार्टी भन्ने आफ्नो नभएको बताए।

विराटनगरको गर्मीमा स्टकोटमा ठाँटिएर बजार बजार मतदातासँग मत मागिरहेका विष्टले केही फरक योजना प्रस्तुत गरिरहेका छन्। विराटनगरलाई १ सय प्रतिशत रासायनिक विषादीमुक्त खाद्यान्नमा आत्मनिर्भर बनाउने, फोहोरबाट मुक्त बनाई रिसोर्ट सिटीको रुपमा विकास गर्ने, मानिसलाई स्वस्थ राख्न प्रत्येक वडामा योगशालाको व्यवस्था गर्नेलगायत उनका योजना छन्।

लामो समयदेखि होटल व्यवसाय सञ्चालन गर्दै आएका ३९ वर्षे विष्ट युरोप बसेर नेपाल फर्किएका हुन्। अध्ययनको सिलसिलामा युरोप पुगेका विष्टले ४ वर्षसम्म होटल म्यानेजमेन्टको अध्ययन गरेका छन्। ‘मेरो अध्ययन होटल म्यानेजमेन्ट हो,’ विष्टले भने, ‘होटलको व्यवस्थापन र नगरपालिकाको व्यवस्थापन उस्तै उस्तै हो।’ होटल व्यवस्थापक भनेको अस्थायी गाँसबास हो भने नगरपालिकाको व्यवस्थापन भनेको स्थायी गाँसबासको व्यवस्थापन भएको विष्टले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.