|

काठमाडौं : नेपाली कांग्रेसले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दर्ता गर्ने पार्टी सदस्यहरुलाई निष्कासित गरेको छ। पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बिहीबार विज्ञप्ति जारी गर्दै बागी उम्मेदवारी दिनै सबै सदस्यहरु पार्टीबाट स्वत: निष्कासित भएको प्रष्ट्याएका हुन्।

पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने सबै सदस्यलाई विधानबमोजिम असार ७ गतेकै मितिदेखि लागु हुनेगरी स्वत: निष्कासित गरिएको पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ। पार्टी विधानको दफा ४९ को उपदफा ११ (ख) मा आधिकारिक उम्मेदवारविरुद्ध वागी उम्मेदवार हुने, निजको प्रस्तावक र समर्थक्समेत पार्टीबाट स्वत: निष्कासित हुने व्यवस्था छ।

पार्टीका जिम्मेवार सदस्यहरु आधिकारिक उम्मेदवारविरुद्धका क्रियाकलापमा संलग्न भए त्यसको प्रमाणसमेत पार्टी केन्द्रीय कार्यालयमा पठाउन विज्ञप्तिमा आग्रह गरिएको छ। पार्टीले आधिकारिक उम्मेदवारविरुद्ध वागी उम्मेदवार दिने, समर्थक र प्रस्तावक बस्ने पार्टी सदस्यको नाम जिल्ला कार्यसमितिमार्फत केन्द्रीय कार्यालयमा तत्काल पठाउन आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.