|

  • नमीन ढकाल-

इलाम : पूर्वी नेपालको पुरानोमध्ये एक इलाम नगरपालिकामा स्थानीय तहको निर्वाचनमा भाग लिएका उम्मेदवार विकासका एजेण्डा र चुनावी नारा लिएर मतदाताका  घरदैलोमा व्यस्त छन्। मतदाताका घरदैलोमा पुगेका राजनीतिक दल तथा  स्वतन्त्र उम्‍दवार आफूले जितेमा विकासका पूर्वाधार निर्माणलाई प्राथमिकता दिएर काम गर्ने बताउँदै भोट माग्ने गरेका छन्।

२०१७ सालमा तत्कालीन अवस्थामा नगरपञ्चायतका रुपमा घोषणा भएको २०४६ सालपछि नगरपालिका बनाइएको थियो। नेपाली कांग्रेसका तर्फबाट प्रमुख पदमा उम्‍मेदवारी दिएका हिमाल कर्माचार्यको नगरपालिकालाई भष्ट्राचार मुक्त बनाई  सडक, विद्युतीकरण, खानेपानी, बेरोजगारी अन्त्य गर्ने प्रतिवद्धता छ। कांग्रेसका जिल्ला सभापतिसमेत रहेका उनी आफूले जितेमा इलाम नगरलाई पाँच वर्षमा समृद्ध नगर बनाउने योजना सुनाउँछन्।

एमालेका तर्फबाट प्रमुखको उम्मेदवार भएर चुनावी मैदानमा होमिएका जिल्ला पार्टी सचिव महेश बस्नेतले आफू विजयी भएमा खानेपानी, स्वास्थ बिजुली सबै टोलमा पुर्‍याउन लक्ष्य रहेको बताएका छन्।

पूर्वप्रमुखसमेत रहेका बस्तेतले पाँच वर्षलाई नगर विकासको आधार वर्षको रुपमा काम गरी २० वर्षपछि उप-महानगरमा स्तरोन्नति गर्ने योजना सुनाए। हरेक वडामा कालोपत्रे सडक पुर्‍याउने एजेण्डालाई चुनावी नारा बनाएको माओवादी केन्द्रका उम्मेदवार छविलाल आर्चायको छ। आफूले जितेमा नगरलाई पर्यटकीय क्षेत्र बनाइ रोजगारी सिर्जना गर्ने योजना रहेको उनले सुनाए।

कांग्रेस एमालेका नेताले यसअघि नेतृत्व लिएर काम गरे पनि विकास नभएकाले आफूले जिते मात्रै विकास सम्भव भएको उनले बताए।राप्रपा, संघीय समाजवादी र स्वतन्त्र  उम्‍मेदवारी पनि नगरमा विकासका संरचना बनाउने प्रतिवद्धतासहित चुनावी मैदानमा होमिएका छन्।  राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख पदका उम्‍दवार सन्तोष राईले पनि विकास निर्माणका संरचना बनाई इलाम नगरलाई समृद्ध बनाउने बताउँछन्। उनी भन्छन्, ‘आफू नेतृत्वमा आएमाखानेपानी, स्वास्थ्य, शिक्षा क्षेत्रलाई सुलभ रुपमा नगरबासीलाई सुविधा दिन्छु।’  संघीय समाजवादी पार्टीका प्रमुखका उम्‍मेदवार छिकेन तामाङ पनि नगरको व्यवस्थित विकासको अठोटका साथ मतदातासँग भोट माग्न व्यस्त रहेका छन्।

उनी भन्छन् ‘नगरको नेतृत्व गर्ने अवसर नगरवासीले दिएमा भष्ट्रचार मुक्त नगर बनाई विकास निर्माणको कामलाई दु्रत गतिमा गर्नेछु।’ ४८ हजार ५ सय ३६ जनसंख्या र ३० हजार ६ सय १८ मतदाता रहेको इलाम नगरपालिकामा ६२ पदका लागि २ सय २५ चुनावी मैदानमा उत्रिएका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.