|

दाङ : सोनापुर मिनरल्स एण्ड आयलले साउन २९ गतेदेखि आइपिओ निष्कासन गरेकोमा सर्वसाधारण स्थानीयहरूका लागि १५ दिन थप समय दिएको छ।

भदौ ११ गते सम्म आइपिओ भर्न समय सीमा तोकिएकोमा स्थानियहरुका लागि भने अरू १५ दिनका लागि समय सीमा थप गरिएको हो। यससँगै अब सर्वसाधारणहरूले भदौ २६ सम्म आइपिओ भर्न सक्नेछन्।

उद्योग प्रभावित क्षेत्र दाङ र रोल्पा जिल्लाका स्थानीय बासिन्दाहरूका लागि १०० रुपैयाँ अंकित मूल्यमा १२५ रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर २२५ रुपैयाँमा १५ लाख ३७ हजार ५२५ कित्ता सेयर निस्कासन गरे पनि सूचनाको अभावका कारण सर्वसाधारणले आइपिओ भर्न पाएका थियनन्।

धेरैजसो सर्वसधारणले आइपिओ भर्न नपाएको गुनासो बढेपछि कम्पनीले पन्ध्र दिन समय थप गरेको महाप्रबन्धक हरि पाठकले जानकारी दिए।

कंम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गरेको थियो। कम्पनीले जारी पुँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको ४० प्रतिशत अर्थात १ अर्ब २३ करोड २० हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १ करोड २३ लाख २०० लाख कित्ता साधारण सेयर निष्कासन गरेको छ।

यसका साथै सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने १० लाख ७६ हजार २६८ कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि १०० रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसामा निष्कासन गरेको हो।

सो आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले अधिकतम १५ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले अधिकतममा १० लाख ७६ हजार २६८ कित्ता सेयरका लागि आवेदन खुल्ला गरिएकोमा यसअघि नै आइपिओ खुलेकै दिन ओभर सस्क्राइब भइसकेको कम्पनीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.