|

जुम्ला : कर्णाली प्रदेश सरकारका भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले चन्दननाथ नगरपालिकाको ८ र ९ वडालाई खरायोपालनको 'हब' बनाउनुपर्ने बताएका छन्।

खरायोपालन गर्ने किसानको समस्या बुझ्न उनीहरूको घर पुगेका मन्त्री शर्माले किसानका समस्या उनीहरुकै मुखबाट सुन्नका लागि चन्दननाथ नगरपालिका–८ र ९ वडाका खरायोपालक किसानलाई भेट्न आएको बताए। उनले साना किसानको जिविकोपाजर्नमा सुधार ल्याउन उत्पादनमा अधारित अनुदान दिइने आश्वासन दिए। 

मन्त्री शर्माका अनुसार व्यावसायिक रूपमा खरायो पालनबाट आर्थिक समृद्धिको यात्रा सुरु हुने भएकोले जुम्लाका भेडाको उन र खरायोको उनमा अनुदान दिइने छ। यहाँ ऊनका लागि अंगुरा जातका खरायो पाल्ने गरिएको छ।

कृषि मन्त्री शर्माले जुम्लामा भइरेहको खरायोपालन व्यवसायप्रति प्रदेश सरकारको ध्यार्नाकष्ण भएको बताए। खरायोको ऊनबाट गुणस्तर टोपीहरु बन्ने र बजार राम्रो भएकाले धेरैका लागि खरायोको व्यवसाय उत्तम देखिएको हो। 

चन्दनाथका पदमबहादुर रोकायाले खरायो पाल्न थालेको १७ वर्ष भइसकेको बताउँछन। उनको आफ्नै रोकाया खरायोपालन उद्योग छ। उनी सँग अहिले ९० वटा खरायो छन्। त्यस्तै सोही गाउँका भैरव धरालाको पनि भुवानी कृर्षि तथा पशुपंक्षी पालन नामक उद्योग छ। उनी सँग ८० वाटा खरायो छन। 

पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख ज्ञानेन्द्र सिंह बुढथापाले चन्दननाथ ८ का  सबैको घर मा ५ देखि २० वटासम्म खरायो पाल्दै आएको बताए। चन्दननाथ ८ का बिर्खबहादुर धरालाले खरायोपालन गर्दा व्यवस्थापनमा समस्या आएको बताए। 

खरायोपालनबाट राम्रो आम्दानी

खरायो पालनबाट जुम्लाका बासिन्दाले राम्रो आम्दानी लिन थालेका छन्। खरायोको ऊनबाट बनेको टोपीले जुम्लामा स्वरोजार हुनेको संख्या बढ्दै गएको छ। खरायोको ऊनबाट गुणस्तर टोपीहरु बन्ने र बजार राम्रो भएकाले धैरैका लागि खरायोको व्यवसाय उत्तम देखिएको हो। 

खरायोपालक किसानका अनुसार मासु र टोपीबाट मासिक १२ हजार आम्दानी हुने बताइएको छ। जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले जुम्लाको खरायोको ऊनको टोपी पहिचान बनेको बताए। दुईदेखि ५ वटा खरायोको ऊन संकलन गरेपछि एउटा टोपी निर्माण हुन्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.