|

उदयपुर : वैदेशिक रोजगारीका लागि युरोप, अमेरिका, जापान, फ्रान्स, जर्मल गायत अन्य देश पठाइदिने भन्दै ठगी गर्ने पक्राउ परेका छन्। गाईघाट बजारबाट ३५ वर्षका सुप्पा तामाङलाई प्रहरीले पक्राउ गरेको हो।

उनले कसैलाई आफ्नो स्थायी घर नुवाकोट देउराली बताउने गरेका थिए भने कसैलाई पोखरा लेखनाथ महानगरपालिका रहेको बताउने गरेका थिए।  

‘त्रियुगा नगरपालिका– १२ का सानु श्रेष्ठको ज्वाँईलाई अमेरिका विदेश पठाइदिने भन्दै ३५ हजार पेस्की लिएर अन्य व्यक्ति समेत खोजीमा रहेछ,’ जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी ओमराना मगरले भने,‘आफ्नो स्थायी घरको ठेगानासमेत सत्य, तथ्य नबताउने तामाङलाई उजुरीको आधारमा अनुसन्धन गर्न पक्राउ गरिएको हो।’

श्रेष्ठले तामाङको गतिविधिमा शंका लाग्न थालेपछि प्रहरीमा निवेदन दिएका थिए। केही दिनअघि तामाङलाई श्रेष्ठको निवेदनको आधारमा प्रहरीले पक्राउ गरेको थियो। तामाङको साथबाट अमेरिका, युरोप, अमेरिका, जर्मन, फ्रान्स लगायतका देशका नक्कली आवासीय परिचयपत्र फेला परेको डिएसपी मगरको भनाइ छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.