|

उदयपुर : उदयपुरको कटारी नगरपालिका ४ मा नेपाली कांग्रेसबाट वडा अध्यक्षका उम्मेदवार राजीव थापाको घरमा शनिबार बिहान फेला परेको बम सेनाले डिस्पोज गरेको छ। उनी कांग्रेसबाट कनपा ४ मा वडा अध्यक्षका उम्मेदवार हुन्। उनको घरमा फेला परेको सुतली बम ताराघारीमा रहेको नेपाली सेनाको टोलीले डिस्पोज गरेको हो।

जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी ओम रानामगरका अनुसार रातो कपडाले बेरेको शंकास्पद् वस्तु देखेपछि परिवारका सदस्यले प्रहरीलाई खबर गरेका थिए।त्यसरी भेटिएको शंकास्पद् वस्तु सुतली बम भएको शंकामा नेपाली सेनाको टोलीलाई बोलाइ डिस्पोज गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरको भनाइ छ। ‘किन कसले बम राखेको भन्ने बारेमा अनुसन्धान सुरु गरिएको छ,’ डिएसपी मगरले भने, ‘चुनावमा तसाउनको लागि पनि राखिएको हुनुपर्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.