|

अर्घाखाँची : अर्घाखाँची मालारानीको गोखुंगामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। चार जना गम्भीर घाइते भएका छन् । 

मालारानी गाउँपालिका–९ गोखुङ्गा सेपानेमा सोमबार दिउँसो करिब ३ बजे चट्याङ लाग्दा स्थानीय २० वर्षका मिलन खनालको मृत्यु भएको हो । उपचारका लागि अर्घाखाँची अस्पताल सन्धिखर्कमा ल्याइएको र उपचारको क्रममा खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए।

चट्याङ लागेर गम्भीर घाइते भएका दामोदर खनाल, जेमबहादुर पुन, चन्द्रबहादर पुन र लिलबहादुर पुनलाई थप उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल बुटवल पठाएको स्वास्थ्यकर्मी अशोक चौहानले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.