|

इलाम :  पूर्व प्रधामन्त्री नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले असार १४ को निर्वाचनमा पनि एमाले देशकै पहिलो पार्टी हुने बताए। पश्चिमबाट सुरु भएको एमालेको विजय यात्रा पूर्व प्रदेश नं १ मा आएर मात्र टुङ्गिने उनले दावी गरे।

नेकपा एमाले इलाम नगरपालिकाको चुनावी सभालाई सम्वोधन गर्दै खनालले भने “सरकारले एमाले कमजोर भएको प्रदेशबाट निर्वाचन सुरु गरेपनि विजयलाई जारी राख्दै एमालेले पहिलो चरणबाट आफूलाई अब्बल प्रमाणित गरेको छ।”

एमालेको जितको लगाम खुस्किएको बताउदै उनले सबै निर्वाचनमा नेकपा एमालेलाई बिजयबाट कसैले रोक्न नसक्ने बताए। 'नेकपा एमालेलाई जिताउन जनता अधैर्यतापूर्वक अघि बढिरहेका छन त्यसैले एमालेलाई पहिलो हुनबाट कसैले रोक्ने चेष्टा नगरे हुन्छ। एमालेको जितको लगाम असोज २ पछि मात्र लाग्नेछ।'

नेकपा एमालेका संसदीय दलका उपनेता एवं पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले जनता एमालेलाई तालाचावी सुम्पिन आतुर भएकाले एमालेको जित सुनिश्चित रहेको बताएका छन्। उनले सत्तारुढ दलहरुले  हार्ने निश्चित भएपछि राजपालाई मनाउन भन्दै चरण चरणमा चुनाव गराएको आरोप लगाए। उनले भने “राजपाले चुनाव सार्न माग नगरेपनि सरकारले राजपालाई मनाउन चुनाव सारेको भन्ने भ्रमको खेती गरिरहेको छ। वास्तवामा राजपाले असोज २ मा चुनाव चाहेको हैन।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.