|

काठमाडौ: गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्दै सत्तारुढ दल नेपाली काङ्ग्रेसको भातृसंगठन नेपाल तरुण दलले आज प्रदर्शन गरेको छ।

काङ्ग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको विषयमा सरकारले शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै तरुण दलले गृहमन्त्री श्रेष्ठको राजीनामा माग गर्दै प्रदर्शन गरेको हो।

दुई दिनअघि रिपोर्टस क्लबमा भएको एक कार्यक्रममा भाग लिएर निस्कने क्रममा नुवाकोटका श्याम सापकोटाले यादवमाथि आक्रमण गरेका थिए।

आक्रमणकारीलाई प्रहरीले तत्काल नियन्त्रणमा लिई हिरासतमा राखेको छ भने यादवको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

यादवमाथि भएको सांघातिक आक्रमणको विरोधमा गृहमन्त्रीको राजीनामा माग्दै तरुण दल आज सडकमा उत्रिएको हो। प्रदर्शनकारीहरुले शान्तिबाटिकामा भेला भइ बागबजार, प्रदर्शनीमार्ग, सहिदगेट हुँदै पुनः शान्तिबाटिका मै पुगि कोणसभा गरेका थिए।

केही तस्वीर झलक :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.