|
मतदाता परिचयपत्र वितरण गर्दै कर्मचारीहरु

उदयपुर : असार १४ गते हुने स्थानीय तहको निर्वाचनको मौन अवधि सुरु भएपनि उम्मेदवारहरुले आचारसंहिता विपरित भोट मागेका छन्। गोप्य रुपमा घरमुलीलाई भेट्ने र आफ्‍नो कुरा राख्न उदयपुरका विभिन्न पदमा उम्मेदवार छन्।

गएको रातीदेखि मौन अवधि सुरु भएपछि उम्मेदवारले तामझामका साथ चुनाव प्रचार प्रसार ठप्प बनाएका छन्। आचार संहिताका कारण प्रचार–प्रसार गर्न नपाइने भएपछि उम्मेदवारहरु मतदाताको घर–घर चहारिरहेका छन्। 

‘बिहानैदेखि कांग्रेस, एमाले र माओवादी केन्द्रका उम्मेदवारहरु आएर भोट मागेका माग्यै छन्,’ त्रियुगा नगरपालिका १२ का स्थानीय शिव दाहालले भने, ‘पहिला बाटोमा फर्केर पनि नर्हेने नेताहरु अहिले नमस्कार गर्दै गोप्य रुपमा भोट माग्न आएका छन्।’

विशेष गरेर जिल्लामै काङग्रेस, एमाले र माओवादी केन्द्रका उम्मेदवारहरुलाई सकस परेको छ। चुनाव हार्नु हुँदैन भन्ने मान्यताका साथ तीन पार्टीका उम्मेदवारहरु टोल तथा बस्तीमा रहेको लिडर, घरमुली र प्रभावशाली व्यक्तिलाई भेटेर मतदाता आप्mनो पक्षमा पार्न लबिङ्ग गरिरहेका छन्। 

‘मौन अवधि सुरु भएकै बेला भोट बिग्रने हो,’ कटारी नगरपालिका ११ बाट वडा अध्यक्षका उम्मेदवार बनेका नुजराज कार्कीले भने, ‘विशेषत अहिले मतदाता व्यक्तिगत रुपमा भेट्न नपाइने भनेको छैन, भेट्दा हुन्छ।’

उदयपुरलाई चाहिने तीनसय ९१ जना जनप्रतिनिधिको लागि एक हजार पाँचसय ८२ जना उम्मेदवार चुनावी मैदानमा उत्रेका छन्। उदयपुरका प्रमुख निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश महेन्द्रबहादुर कार्कीले मौन अवधिमा आचर संहिता उल्लंघन गर्न नदिन ४ नगरपालिका र ४ गाँउपालिका गरी ८ स्थानीय तहमा कडा रुपमा अनुगमन जारी राखेको बताए।

८ स्थानीय तह अन्तर्गतका ७५ वटै वडामा रहेका ९८ वटा मतदान केन्द्रका २ सय २२ वटा मतदान स्थलबाट मतदाता परिचय पत्र वितरण भइरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • ma sadhai samachar padxu. thaha mero pahilo prathamiktama parchha