|

इलामः इलाममा लागूऔषध ओसारपसारका मुद्धा वर्सेनि बढ्दै गएका छन्। 

लागूऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवशको अवसरमा आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक महेन्द्र श्रेष्ठले प्रस्तुत गरेको तथ्यांकले लागू औषधसहित पक्राउ पर्नेको संख्या वर्सेनि बढ्दै गएको देखाएको हो।

श्रेष्ठले प्रस्तुत गरेको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७१÷०७२ मा लागूऔषधसम्बन्धी तीनवटा मुद्धाका छवटा प्रतिवादीमध्ये तीन जना पक्राउ परेका छन् भने तीन जना अझै फरार रहेका छन्। 

त्यस्तै ०७२/०७३ मा चार मुद्धाका १४ प्रतिवादीमध्ये ११ पक्राउ परेका र तीन जना फरार सूचीमा रहेका छन्। 

०७३/०७४ को जेठ मसान्तसम्म लागूऔषधका आठवटा मुद्धाका १२ प्रतिवादीमध्ये १० जनालाई पक्राउ गरी मुद्धा चलाइएको छ भने दुई जना अझै फरार छन्। 

कार्यक्रमका अन्य वक्ताहरूले अभिभावकहरूको माया ममताबाट टाढा रहेका बालबालिकाहरू लागूऔषधको अम्मली हुने गरेको बताए। नेपाल–भारत खुला सिमानाका कारण लागूऔषधहरू उल्लेख्य मात्रामा नेपाल भित्रने गरेको प्रहरीले बताएको छ। 

गृहमन्त्रालयले २०६८ बैशाख १ देखि २०६९ जेठ २३ गतेसम्म १८ जिल्लाका २६ नगरपालिकामा लागूऔषध नियन्त्रण कार्यक्रमअन्र्तगत गरेको सर्वेक्षणमा नेपालमा लागूऔषधको प्रयोगकर्ताको संख्यामा वार्षिक ११ दशमलब ३६ प्रतिशतले वृद्धि भएको देखिन्छ। 

२०६३ सालमा नेपालमा कडा खालका लागूऔषधको प्रयोग गर्नेको संख्या ४६ हजार ३०९ जना रहेकोमा सो संख्या २०६९ मा आइपुग्दा ९३ दशमलब १ प्रतिशतले वृद्धि भई ८५ हजार २०४ जना पुगेका छन्। 

लागूऔषधको प्रयोगमा १५ देखि ३० वर्ष उमेर समूहका प्रयोगकर्ता बढी रहेको तथ्यांकले देखाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.