|

जुम्ला : नेकपा माओवादीका उपमहासचिव  तथा  पार्टीको तीनमहिने अभियानका  कर्णाली प्रदेश इन्चार्ज मातृकाप्रसाद यादवले माओवादी फुटेर  टुक्रँदा असफल र कमजोर भएको बताएका छन्।

जुम्लाको सदमुकाम खलंगामा भएको पार्टीको विस्तारित बैठकमा सम्बोधन गर्दै उनले यो तीनमहिने  अभियानले  माओवादी साँच्चिकै रुपान्तरण हुनुपर्ने बताए।

माओवादी केन्द्रले जुम्लामा आयोजना गरेको रुपान्तरण अभियानको  विस्तारित बैठकका क्रममा अब कर्णालीमा माओवादीले ध्यान दिए हरेक जिल्लामा एक्लै लडेर जित्ने सम्भावना भएको बताए।

माओवादीका नेता कार्यकर्ताको कमी नभएको तर एकले अर्काको सफलतालाई नस्वीकार्यको, कार्यकर्तासमेत विचलित हुने गरेकाले  यसपटक जनमत नल्याएको बताए। उनले भने यो सबै जिल्लामा गुटउपगुट हटाउने र सच्चिने पनि रुपान्तरण अभियान हो।

इतिहास हेर्दै जाँदा पार्टी टुक्रा हुँदा कोही सफल नभएको तर मिल्दा सफल हुँदै गएको पनि उनले बताए। उनले जनता ठिक ठाउँमा भएको तर वडादेखि माथिल्लो तहको नेताको व्यवहारका कारण पार्टीले धोका खाँदै आएको औँल्याए।

हिजो पार्टी टुक्रा हुँदा आफू पनि सफल नभएको र प्रचण्डका गुरु मानिने मोहन वैद्य पनि असफल भए' उनले थपे, 'संघीय लोकतान्त्रिक व्यवस्थाको विरोधीलाई जुम्लाले, अझ पनि माओवादीले भोट हालेर जिताउने काम राम्रो गलत भयो।'

त्यस्तै, नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष विमला केसीले रुपान्तरण अभियानमा एक अर्काविचमा भएका कमी कमजोरी स्वीकार्दै एकमत भएर अगाडि बढ्नुपर्ने बताइन्। 'जुम्ला माओवादी सच्चिएर जानुपर्छ, जिल्लाका आठवटा स्थानीय तहको निर्वाचन जित्ने  गरी रुपान्तरण हुनपर्छ' उनले भनिन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.