|

भोजपुर : नेपाली कांग्रेसबाट वडाअध्यक्षका उमेदवारको घरमा सकेट बम विस्फोट भएको छ। भोजपुर नगरपालिका ४ का वडा अध्यक्षका प्रत्यसी प्रेमबहादुर भण्डारीको घरमा मंगलबार विहान तीन बजे बम विस्फोट भएको हो।

उम्मेदवार भण्डारी लगायत परिवारका सबै सदस्य सुतिरहेको अवस्थामा दुई वटा सकेट बम प्रहार भएको तर एउटा मात्रै पड्किएको प्रहरीले जनाएको छ। बम प्रहारबाट कुनै मानवीय क्षति भने नभएको प्रहरी नायव उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।

बम कसले प्रहार गरेको हो अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मतदान गर्ने  समय नजिकीरहँदा भोजपुरमा विभिन्न घटनाहरु हुने क्रम जारी रहेको छ। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.