|

रुपन्देही : रुपन्देहीमा निर्वाचनका लागि सबै तयारी पूरा भएको निर्वाचन कार्यालयले जनाएको छ। निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख हुमनाथ गौतमले निर्वाचनका लागि सबै तयारी पूरा भइसकेको बताए। 

१ उपमहानगरपालिका, ५ नगरपालिका र १० गाउँपालिका गरी १६ स्थानीय तह रहेको रुपन्देहीबाट ८ सय ५५ जना जनप्रतिनिधि निर्वाचित हुनेछन्। ४ लाख ६२ हजार ५ सय ८६ मतदाता रहेको रुपन्देहीबाट ६ प्रमुख, ६ उपप्रमुख, १० अध्यक्ष, १० उपाध्यक्ष, १ सय ५५ वडा अध्यक्ष, १ सय ५५ महिला सदस्य, १ सय ५५ दलित महिला सदस्य, २ सय १० वडा सदस्य र ३८ दलित वा अल्प संख्यक समुदायबाट स्थानीय तहका पदाधिकारी निर्वाचित हुनेछन्।

निर्वाचनको सुरक्षालाई ध्यानमा राखेर राज्यका तीनवटै निकाय परिचालित भइसकेको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले बताए।  
रूपन्देहीको सबैभन्दा बढी मतदाता रहेको बुटवल उपमहानगरपालिका हो भने सबैभन्दा कम मतदाता रहेको ओमसतिया गाउँपालिका हो। जिल्लामा सबैभन्दा बढी मतदाता रहेको बुटवल उपमहानगरपालिकामा ६६ हजार ६६३ मतदाता रहेका छन्।

बुटवलमा ३४ हजार ९११ महिला, ३१ हजार ७५० पुरुष र दुईजना तेस्रो लिङ्गी मतदाता रहेका छन्। यस्तै जिल्लामा सबैभन्दा कम ओमसतिया गाउँपालिकामा १७ हजार १०७ मतदाता रहेकामा नौ हजार २४५ पुरुष र सात हजार ८६२ महिला छन्।

यस्तै, जिल्लाको सबैभन्दा ठूलो नगर तिलोत्तमा नगरपालिकामा ६० हजार ४४० मतदाता रहेका छन्। यो नगरमा ३१ हजार ९६९ महिला, २८ हजार ४७० पुरुष र एक जना तेस्रो लिङ्गी मतदाता रहेका छन्। जिल्लाको दोस्रो पुरानो नगरपालिका सिद्धार्थनगर नगरपालिकामा ३३ हजार ७२६ मतदाता रहेका छन्। यस नगरमा १७ हजार ७०२ पुरुष र १६ हजार २४ महिला मतदाता रहेका छन्।

 देवदह नगरपालिकामा ३२ हजार ७०३ मतदाता रहेका छन्। बुद्ध जन्मस्थल लुम्बिनी सांस्कृतिक नगरपालिकामा ३४ हजार ३८३ मतादाता छन्। यसमा १९ हजार ६९८ पुरुष, १४ हजार ६८४ महिला र एक जना तेस्रो लिङ्गी रहेका छन्। सैनामैना नगरपालिकामा रहेका ३६ हजार ३८८ मतदाता छन्। गाउँपालिकामध्ये सबैभन्दा धेरै मतदाता भएको गैडहवा गाउँपालिकामा २२ हजार २२५ मतदाता छन्।

सियारी गाउँपालिकामा भने २० हजार ८९८ मतदाता रहेका छन्। कञ्चन गाउँपालिकामा २१ हजार ५३४ मतदाता छन् भने कोटहिमाई गाउँपालिकामा २० हजार ३०९ मतदाता छन्। जिल्लाको दक्षिण क्षेत्र भारतसँग सीमा जोडिएको मर्चवारी गाउँपालिकामा १७ हजार ९८० मतदाता रहेका मतदाता रहेका छन्।

यस्तै मायादेवी गाउँपालिकामा २० हजार ८८५ मतदाता रहेका छन् । जिल्लाको पूर्वी दक्षिण क्षेत्रमा रहेको रोहिणी गाउँपालिकामा पनि १९ हजार ५२९ मतदाता रहेका छन्। शुद्धोदन गाउँपालिकामा १९ हजार ५०७ मतदाता छन् भने सम्मरीमाई गाउँपालिकामा १८ हजार १४६ मतदाता रहेका छन्। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.