|

काठमाडौं : रुसी विदेशमन्त्री सर्गेई लाभरोभले विश्वबाट पश्चिमा आधिपत्यको अन्त्य हुन लागेको बताएका छन्।  

संयुक्त राष्ट्र संघको ७८औँ महासभालाई सम्बोधन गर्दै लाभरोवले नव औपनिवेशिक अल्पसंख्यक र भूमण्डलीकरणबीचको संघर्षबाट अब नयाँ विश्व व्यवस्था स्थापित हुन लागेको दाबी गरे।

उनले योसँगै पश्चिमा देशहरुले खडा गरेको झुटको साम्राज्य ढल्ने र नयाँ विश्व व्यवस्थाको जन्म हुने बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। उनले अमेरिकाको हातमा रहेको विश्वको सत्ता पनि खोसिन लागेको जिकिर गरे।

उनले अमेरिका तथा युरोपेली संघ कयौँ किसिमका प्रतिबद्धता जनाउने र पूरा नगर्ने कुरामा बदनाम भइसकेको आरोप लगाए। उनले पश्चिमा देशहरु झुठका साम्राज्य भएको आरोप लगाउँदै दोस्रो विश्व युद्धका क्रममा नाजीवादविरुद्धको लडाईँमा आफ्नो सोभियत सहयोगीविरुद्ध नै आक्रमण गरेर धोका दिएको आरोप लगाए। ​

 विदेशमन्त्री लाभरोभले अहिले पनि रुसविरुद्ध पश्चिमा देशहरुले हाइब्रिड युद्ध गरिरहेको जिकिर गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.