|
बैतडीमा मतदान गर्दै मतदाताहरु

बैतडी : जिल्लाका एक सय ७४ मतदान केन्द्रमा मतदानमा विहान सात बजेदेखि मतदान सुरु भएको छ। स्थानीय तहको दोस्रो चरणको निर्वाचन अन्तर्गत बैतडीमा पनि शान्तिपूर्णरुपमा मतदान कार्य सुरु भएको प्रमुख जिल्ला अधिकारी तुल्सीराम पौडेलले बताए।

सबै मतदान केन्द्रहरुमा सुरक्षा व्यवस्था कडा पारिएको छ। बैतडीको सुर्नाया गाउँपालिकामा ११३ वर्षका पशुपति साउदले मतदान गरेकी छन्। उनले भूमिराज निमावि मतदान केन्द्रबाट मतदान गरेकी हुन्। गाउँको विकासका लागि सकी नसकी मतदान केन्द्रमा आएर भोट हालेको ११३ वर्षका पशुपति साउदले बताइन्।

यस्तै बैतडीकै राष्ट्रिय मावि फातीगढा मतदान केन्द्रबाट १०३ वर्षका हरिजीत साउदले पनि मतदान गरेका छन्। मतदाताहरु उत्साहका साथ मतदान केन्द्र जाँदैछन्। बैतडीको ४ नगरपालिका र ६ गाउँपालिकाका लागि ४ सय ४० पदका लागि १ हजार ७ सय ४ जना चुनावी मैदानमा छन्। बैतडीका १ सय ७४ मतदान स्थलमा मतदान भइरहेको छ।

प्रदेश नं. ७ को बैतडीमा १ लाख २५ हजार २ सय ८३ जना मतदाता छन्। सुरक्षा कर्मीबाहेक एक हजार ३६ जना कर्मचारी खटाइएको छ भने ५ सय स्वयमसेवक खटाइएको छ। निर्वाचनलाई मध्येनजर गर्दै तीन तहको घेरामा सुरक्षा व्यवस्था मिलाइएको छ। भातरसँग जोडिएको झु्लाघाट सीमा बन्द गरिएको छ। बैतडीमा मौसमले साथ दिएका कारण पनि स्वस्फुर्तरुमा मतदाताहरु मतदान गर्न मतदान केन्द्र पुगिरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.