|

महेन्द्रनगर : कञ्चनपुरको सदमुकाम महेन्द्रनगरको एक मतदान केन्द्र नजिकै सकेट बम विस्फोट भएको छ। स्थानीय भृकुटी मावि मतदान केन्द्र नजिकै खुल्लामञ्चको शौचालयमा बम विस्फोट भएको हो।

बम विस्फोट भएपछि नजिकै रहेको मतादान केन्द्रमा मत हाल्न लामवद्ध मतदाताहरुको भागाभाग भएको थियो। विस्फोटबाट कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। बम कसले विस्फोट गरायो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले जानकारी दिएका छन्।

बुधबार विहान दोधरा र चाँदनीमा फेला परेको बम नेपाली सेनाले निष्क्रिय पारेको छ। कञ्चनपुरमा विहान ७ वजेदेखि पानी परेपनि दिउँसो १० बजेपछि मौसमले साथ दिएको छ। मतदाताहरु उत्साहपूर्वक मतदान गर्न मतदान केन्द्र बाहिर लामवद्ध छन्। कहि कतै छुटपुट अप्रिय घटना बाहेक मतदान शान्तिपूर्ण रहेको उनले प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.