|

काठमाडौं : आज देशको १, ५ र ७ प्रदेशमा स्थानीयतह दोस्रो चरणको चुनाव भइरहेको छ। मध्य असारमा भइरहेको चुनावमा पनि मतदाताहरु वर्षाको परवाह नगरी मतदानमा उत्साहपूर्वक सहभागी भएका छन्।

निर्वाचनको अघिल्लो रात देशका धेरै ठाउँमा ठूलो पानी आए पनि बुधबार विहान देशका केही जिल्लामा बाहेक धेरै ठाउँमा पानी परेन। जसका कारण बुधबार विहान मतदान गर्न जानेहरुले सहज रुपमा मतदान गरेका छन्।

बुधबार देशभर सामान्य बदली सहित वर्षा हुने अनुमान गरिएको मौसम पुर्वाअनुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद् सुजन सुवेदीका अनुसार भर्खर नेपालमा मनसुन सुरु भएकाले मौसम बदली सहित बर्षा हुनु सामान्य भएको बताए। 'भर्खर नेपालमा मनसुन भित्रिएको हुँदा देशभर सामान्य मौसम बदली सहित बर्षा भइरहेकोछ। विहान देशको पूर्वी र सुदुर पश्चिमी भागमा वर्षा भए पनि अहिले रोकिएको छ' उनले भने 'पश्चिमी भागमा बेलुकापख पानी पर्ने सम्भावना छ।'

देशको पूर्वी भागमा वर्षा नभएपनि पश्चिमी भागको मौसममा सामान्य बदली भइरहेको हुँदा बेलुकासम्म सामान्य वर्षा हुने सम्भावना रहेको मौसमविद् सुवेदीले बताए। 'अहिले देशको पश्चिमी भागको मौसम राम्रो भए पनि बेलुका पश्चिमीभेगमा सामान्य वर्षा हुने सम्भावना रहेको छ' उनले भने। दिउँसोको समयमा पानी नपरेको र चर्को घाम पनि नलागेकाले पश्चिम तराईमा मतदान गर्न लाइन लागेका मतदातालाई राहत महसुस भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.