|

कालिकोट : अछामको मेल्लेख गाउँपालिका-६ स्थित शोडषा मतदान केन्द्रमा एमाले र कांग्रेस-माओवादी गठबन्धनबीच झडप हुँदा दुई जना घइते भएका छन्।

झडपमा परी कांग्रेसका वडा सभापति गम्भीर बोहरा र माओवादी केन्द्रका कार्यकर्ता ध्वजबहादुर बोहरा घाइते भएका छन्। नेकपा एमालेका कार्यकर्ताले फर्जी मत हाल्न लागेपछि विवाद सुरु भएको कांग्रेस- माओवादी गठबन्धनले आरोप लगाएका छन्। झडप रोक्न प्रहरीले हवाई फायर गरेको थियो। स्थिति नियन्त्रण गर्न हवाई फायर गरेको अछामका प्रहरी प्रमुख डीएसपी निरञ्जनदत्त भट्टले जानकारी दिए। 

मेल्लेखमा माओवादी र कांग्रेसबीच तालमेल छ भने एमाले एक्लै प्रतिस्पर्धामा छ। दुई दिनअघि एमाले ७ नम्बर प्रदेश संयोजक भीम रावलले मेल्लेख पुगेर कार्यकर्ता उत्तेजित पारेको आरोप माओवादीले लगाएको छ।

दुई हजार १० जना मतदाता रहेको त्यस मतदान केन्द्रमा १२ सय ९८ जनाले मतदान गरेपछि विवाद सुरु भएको थियो। अहिले मतदान रोकिएको छ। स्थगित भएको मतदान सञ्चालन गर्ने विषयमा सर्वपक्षीय बैठक बसेको छ। सर्वदलीय छलफल पछि दिउँसो ३ बजे मतदान पुन सुरु भएको प्रहरीले जानकारी दिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.