|

रुपन्देही : जिल्लाका १६ स्थानीय तहमध्ये सबैभन्दा कम मतदाता रहेको तह हो ओमसतिया गाउँपालिका। ओमसतियामा १७ हजार १०७ मतदाता छन्।
जसमध्ये नौ हजार २४५ पुरुष र सात हजार ८६२ महिला छन्। मधेसी समुदाय बाहुल्य ओमसतियामा उत्साहजनक रुपमा मतदान भइरहेको छ। दिउँसो ४ बजेसम्म ७० प्रतिशत मतदान भएको निर्वाचन कार्यालयले जनाएको छ।

१६ तह, १५५ वडा, करिब ४ हजार ४ सय जनाको उम्मेदवार रहेको रुपन्देहीबाट ८ सय ५५ जनप्रतिनिधि निर्वाचित हुनेछन्। ४ लाख ६२ हजार ५ सय ४६ मतदाता रहेको रुपन्देहीबाट ६ प्रमुख, ६ उपप्रमुख, १० अध्यक्ष, १० उपाध्यक्ष, १ सय ५५ वडा अध्यक्ष, १ सय ५५ महिला सदस्य, १ सय ५५ दलित महिला सदस्य, २ सय १० वडा सदस्य र ३८ दलित वा अल्प संख्यक समुदायबाट स्थानीय तहका पदाधिकारी निर्वाचित हुनेछन्।

निर्वाचनको सुरक्षालाई ध्यानमा राखेर राज्यका तीनवटै निकाय परिचालित भइसकेको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले बताए।  रूपन्देहीको सबैभन्दा बढी मतदाता रहेको बुटवल उपमहानगरपालिका हो। बुटवल उपमहानगरपालिकामा ६६ हजार ६६३ मतदाता रहेका छन्। बुटवलमा ३४ हजार ९११ महिला, ३१ हजार ७५० पुरुष र दुईजना तेस्रो लिङ्गी मतदाता छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.