|
फाइल फोटो

काठमाडौं : निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचन उत्साहपूर्ण सहभागितामा सम्पन्न भएको जानकारी दिँदै अब मतगणनामा सहयोग गर्न राजनीतिक दलहरुलाई आग्रह गरेको छ। बुधबार आयोगमा आयोजित पत्रकार सम्मेलमा प्रमुख आयुक्त निर्वाचन अयोधीप्रसाद यादवले जनताको मतादेशलाई सम्मान गर्दै लोकतान्त्रिक चरित्र देखाउन ध्यानाकर्षण गराएका हुन्।

'जनताको मत मतपेटिकामा छ मतगणनामा उत्तेजित नभई संयमता अपनाउँदै जनताको मतको सम्मान गर्न आयोग दलहरुलाई विशेष आग्रह गर्दछ,' प्रमुख आयुक्त यादवले भने।

निर्वाचन आयोगले आजैबाट मतपेटिका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा पुर्‍याउने तयारी गरेको यादवले जानकारी दिए। 'मतपेटिका आजै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा पुर्‍याउने काम भइरहेको छ। मतगणना राजनीतिक दलहरुको सहमतिमा आजै सुरु हुन्छ,' प्रमुख आयुक्त यादवले भने।

प्रदेश नम्बर १ ५ र ७ मा भएको निर्वाचन ७२ प्रतिशत मत खसेको छ। ३५ जिल्लामा भएको निर्वाचनमा सबैभन्दा बढी बाजुरामा ८० प्रतिशत र भोजपुरमा ६१ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ।

वर्षाले अवरोध र बमले त्रास फैलाए पनि सुरक्षाकर्मी तथा कर्मचारीले निर्वाचन कुशलतापूर्वक सम्पन्न गरेको भन्दै निर्वाचन आयोगले उनीहरुप्रति कृतज्ञता प्रकट गरेको छ। 'वर्षा भएपनि मतदानकेन्द्रमा कुशल व्यवस्थापन गर्ने कर्मचारी र निर्वाचन विरोधीहरुले राखेका बमलाई निष्क्रिय बनाउँदै भयरहित वातावरण बनाएकोमा निर्वाचन आयोग विशेष धन्यावद ज्ञापन गर्दछ,'प्रमुख आयुक्त यादवले भने।

निर्वाचन आयोगले आवश्यक संख्यामा गणनास्थल थपेर मजबुद सुरक्षाका साथ मतगणना सुरु गर्न मुख्य निर्वाचन अधिकृत र अधिकृतलाई निर्देशन दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.