|

  • अनिल खत्री-

गुल्मीः गुल्मीको इस्मा गउँपालिकामा १०१ वर्षकी एक महिलाले पहिलो मतदान गरेकी छन्। इस्मा– ४ की १०१ वर्षकी तुलसादेवी अर्यालले रामराज्य उच्च माध्यमिक विद्यालयको ‘क’ मतादान केन्द्रमा पहिलो मतदान गरेकी हुन्। उनले बुहारी कालिकाको सहारामा भोट हालेकी हुन्।

हिँड्न नसक्ने भएकाले अर्यालललार्ई बोकेर मतदान स्थलमा पु¥याइएको थियो। उनले यस्तो बुढेसकालमा पनि भोट हाल्न पाएकोमा खुसी व्यक्त गरेकी छन्। उनी मतदान केन्द्रमा निकै उत्साहितसमेत देखिएकी थिइन्।

मतदान स्थलमा भेटिएकी उनले आफू बुहारीको सहारामा लौरो टेक्दै भोट हाल्न आएको बताइन। ‘आफ्नो भोट हाल्ने अधिकारी किन गुमाउने?’, उनले भनिन्, ‘अर्को पटक मरिन्छ कि बाँचिन्छ, यस पटक भोट दिएँ।’ उक्त मतदान केन्द्रमा पूर्व ऊर्जामन्त्री गोकर्ण विष्टले पनि मतदान गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.