|

उदयपुरः उदयपुरको उत्तरपश्चिमी ताप्ली गाउँपालिकाका १ र २ नम्बर वडामा एमालेको प्यानलै वजयी भएको छ। 

वडा नं. १ को वडा अध्यक्षमा गोविन्दविक्रम सेन ४३६ मत प्राप्त गरी विजयी भएका छन् भने महिला सदस्यतर्फ एमालेकी धनमाया मगर, दलित महिला सदस्यमा मनमाया विक, खुला सदस्यमा तेजबहादुर मगर र दुर्गाबहादुर सुनुवार विजयी भएका छन्। 

त्यस्तै वडा नं. २ मा एमालेका धर्मध्वज राई ३२४ मत प्राप्त गरी विजयी भएका छन्। महिला सदस्यमा लक्ष्मीदेवी राई, दलित महिला सदस्य तुलमाया सार्की, खुला सदस्यमा छत्रबहादुर श्रेष्ठ र दीपेन्द्रकुमार राई विजयी भएका छन्। 

त्यसैगरी गाउँपालिकाको अध्यक्षतर्फ स्वतन्त्र उम्मेदवार पदम तामाङ अग्रस्थानमा छन्। तामाङले २७५ मत प्राप्त गरेका छन् भने उनलाई नेकपा एमालेका उद्धवसिंह थापाले पछ्याइरहेका छन्। थापाले १९२ मत प्राप्त गरेका छन्। 

नेपाली कांग्रेसका डिकबहादुर ज्यु ठकुरीले १३६ र माओवादी केन्द्रका ढडुंगराज विकले १०४ मत प्राप्त गरेका छन्। उदयपुरका आठ स्थानीय तहमध्ये छवटा स्थानीय तहमा मतगणना जारी छ। 

यहाँका चार नगरपालिकामध्ये बेलका, चौदण्डी, त्रियुगा, कटारी नगरपालिकामा मतगणना भइरहेको छ। बेलका, चौदण्डी नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ। त्रियुगा र कटारी नगरपालिकाको मत परिमाण सार्वजनिक गरिएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.