|

लहान : सिरहाको लहान नगरपालिका १२ भोटिया टोल चोक नजिकबाट प्रहरीले बिहीबार बिहान दुई किलो प्रतिबन्धित लागूऔषध दुई किलो चरेस र करिब एक किलो गाजासहित भारतीय नागरिक पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायव उपरीक्षक हिराबहादुर पाण्डेका अनुसार भारतको विहार राज्य सिवान जिल्ला सिसानी थाना मुईयान ग्राम पञ्चायत बस्ने भिगुनाथका छोरा वर्ष ३७ का श्यामसुन्दर प्रसादलाई चरेस र गाजासहित पक्राउ गरिएको हो।

भोटिया टोल चोक नजिक गस्तीमा रहेको प्रहरीले शङ्कास्पद अवस्थामा देखिएका श्यामसुन्दरलाई नियन्त्रणमा लिएर शरीर र झोला खानतलासी गर्दा दुई किलो चरेस र नौ सय ८० ग्राम गाँजा बरामद भएको प्रहरी नायव उपरीक्षक पाण्डेले बताए।

पक्राउ गरिएका श्यामसुन्दरलाई हिरासतमा राखेर लागूऔषध मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.