|

धनगढी : नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षमा कृष्णप्रसाद जैसी सर्वसम्मत भएका छन्।

अध्यक्षका उम्मेदवार भरत साउदले उम्मेदवारी फिर्ता लिएका छन्। र, उपसचिवमा कैलालीकी भागरथी विष्ट चयन भएकी छन्। ​कमिटीको सचिवमा रणबहादुर चन्द सर्वसम्मत चयन भएका छन्। सचिव पदका उम्मेदवार राजेश खाती, जीवन बम र रतनबहादुर रेग्मीले उम्मेदवारी फिर्ता लिएपछि चन्द सर्वसम्मत चयन भएका हुन्। 

उपसचिव खुल्लामा कञ्चनपुरका नरबहादुर बिक पनि सर्वसम्मत भएका छन्।  यसअघि उपाध्यक्षमा कालीबहादुर शाही सर्वसम्मत भइसकेका छन्।

को हुन् जैसी ?

कृष्णप्रसाद जैसी सुदूरपश्चिममा स्थापित नाम हो। एमाले भित्र त उनी परिचित थिए नै, २०५८ सालमा अछाम सदरमुकाम माओवादीले आक्रमण गरेर ध्वस्त पारेपछि, उनले जिल्ला विकास समितिको सभापतिका हैसियतले थालेको पुर्ननिर्माणको कामले अरु क्षेत्रले पनि उनलाई चिन्ने मौका पायो।

शिक्षण पेशा छोडेर राजनीतिमा आएका जैसीसँग पार्टीको गाउँ कमिटी हुँदै पार्टीको जिल्ला कमिटी उपसचिव र दुईपटक सचिव भएको अनुभव छ। उनले अहिलेका एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीसँग तत्कालीन प्ररायुसंघ (हालको युवा संघ नेपाल) केन्द्रीय कमिटीमा बसेर काम गरेका छन्। ओली त्यतिवेला प्ररायुसंघको केन्द्रीय अध्यक्ष थिए।

२०५४ सालको स्थानीय चुनावमा जिविस सभापति भएका जैसी बीचमा स्थानीय तहको चुनाव नभएकोले १६ वर्षसम्म जिविस महासंघको प्रवक्ता र स्थानीय निकायसम्वद्ध एशिया प्यासेभिकको सहअध्यक्ष भए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.