|

गुल्मी : जिल्लामा मदाने गाउँपालिकामा अझै मतगणना सुचारु हुन सकेको छैन। जिल्लामा रहेका १२ वटा स्थानीय तहमध्ये मदाने गाउँपालिकामा मात्रै मतगणना सुरु हुन बाँकी छ।

बुधवार मतदान सम्पन्न भएपछि एमाले र कांग्रेस कार्यकर्ताबीच झगडाको विषयलाई लिएर मतगणना सुचारु गर्न दिएका छैनन्। सोही गाउँपालिकाको म्यालपोखरीमा एमाले कांग्रेसका कार्यकर्ताबीच झगडा हुँदा एक जना सामान्य घाइते भएका थिए।

एमाले कार्यकर्ताको कुटाइबाट कांग्रेस कार्यकर्ता घाइते भएका थिए। कांग्रेसका कार्यकर्ताले घटनामा सहभागीलाई कारबाही हुनुपर्ने माग राखेपछि मतगणना सुचारु हुन सकेको छैन। मतगणना सुचारु गर्नको लागि छलफल भइरहेको मुख्य निर्वाचन अधिकृत मातृका मरासिनीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.