|

संखुवासभा : काठमाण्डौँ-तुम्लिङटार भाडादर घटाउन  माग गर्दै स्थानीयले बुद्ध एयरको कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्। निजी क्षेत्रका विमान कम्पनीले पहाडी जिल्लामा दसैँमा पनि उडान थप नगरेको भन्दै खाँदबारीका स्थानीय युवाहरूले ज्ञापनपत्र बुझाएका हुन्।
 

खाँदबारीका युवाहरूले उडान थप र भाडा दर घटाउन माग गर्दै बुद्ध एयरको तुम्लिङटार कार्यालयमा बुधबार ज्ञापनपत्र बुझाएको खाँदबारी युथ क्लबका महासचिव सुरेन शाक्यले बताए। 

निजी हवाई कम्पनी सेवामूलकभन्दा पनि नाफामूलक भएको आरोप स्थानीयको छ। दसैँ जस्तो चार्डपर्वमा पनि बुद्ध एयरले सेवा नदिइ व्यापार गरेको क्लबका महासचिव शाक्यले बताए। उनीहरूले नागरिक उड्ययनको कार्यालय तुम्लिङटारलाई समेत ज्ञापन पत्र दिएका थिए। 

बुद्ध एयरको एकलौटी उडान भएका कारण यात्रुहरूसँग मनोमानी ढंगले भाडा उठाएको उनीहरूको गुनासो छ। बुद्ध एयरले काठमाडौँ तुम्लिङटार ७२ सिटे जहाजबाट दैनिक उडान भर्दै आएको छ।

२०२८ सालमा स्थापना भएको तुम्लिङटार विमानस्थल ५२ वर्षपछि ७२ सिट क्षमताको ठूलो जहाजले गत जेठ बाट उडान भर्ने थालेको हो।

विश्वकै पाँचौ अग्गो हिमाल मकालु, अरुण तेस्रो जलविद्युत आयोजना, पर्यटकका लागि छोटो दूरीको उडानका कारण यस अघि जहाजको टिकट पाउन समस्या भएको छ। तुम्लिङटार विमानस्थल धावनमार्गको लम्बाइ एक हजार ४२० मिटर लामो रहेको छ। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.