|

संखुवासभा : संखुवासभाको भोटखोला गाउँपालिका–२ थुदामबाट एक विदेशी नागरिकको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। 

भोटखोला–२ थुदाममा विरामी परेका क्यानडाका डेनियल पिटर ग्रेलाई विहान हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका डिएसपी धनश्याम श्रेष्ठले जानकारी दिए।

विरामी परेका क्यानडाका नागरिकलाई कैलास एयरको हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँ लगिएको डिएसपी श्रेष्ठले बताए। उनलाई स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि स्थानीय र प्रहरीको सहयोगमा हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको डिएसपी श्रेष्ठले बताए।

उनी एक दिन अघि भोटखोलाको थुदाम पुगेको थिए। उनी सँग कति जनाको टोली थियो भन्ने नखुलेको प्रहरीले जनाएको छ। उनी विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहणका लागि आएको हुन सक्ने अनुमान गरिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.