|

कालिकोट : स्थानीय तहको निर्वाचनमा बाजुराको बडिमालिका नगरपालिका वडा नम्बर ८ मा रोचक भिडन्त भएको छ।

बडिमालिका ८ को बडिमालिका बहुमुखी क्याम्पसका शिक्षक दलबहादुर थापा एमालेका तर्फबाट वडाध्यक्षको उम्मेदवार थिए। एमालेले टिकट दिएपछि शिक्षक पदबाट राजीनामा गरेर उनी चुनावी मैदानमा ओर्लेका थिए।

तर संयोग कस्तो पर्‍यो भने उनीसँग भिड्न आइपुगे उनका विद्यार्थी। थापाकै विद्यार्थी २१ वर्षीय प्रकाश रावल नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्षको उम्मेदवार थिए। उनी बडिमालिका क्याम्पसमा बीए अध्ययनरत छन्।

चुनावी परिणाम रावलका पक्षमा गयो। एमालेबाट उम्मेदवार बनेका शिक्षक थापाले ४०८ मत ल्याए भने उनका विद्यार्थी रावलले ४८० मत ल्याए।

७२ मतान्तरसहित वडाध्यक्ष निर्वाचित भएपछि रावलले 'राजनीति रिटायर्डहरूले नभइ युवाहरुले गर्नुपर्ने' बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.