|

धनगढी : इजरायलमा मारिएका चार विद्यार्थीको शव धनगढी ल्याइएको छ। इजरायलमा १० नेपाली विद्यार्थी मारिएका थिए। तीमध्ये चार विद्यार्थीको शव आज (आइतबार) धनगढी पुगाइएको छ। फ्लाई दुबईको विमानमार्फत् काठमाडौं ल्याइएको विद्यार्थीहरुको शव धनगढी पुगेको हो। धनगढी विमानस्थलका अनुसार शव नेपाली सेनाको हेलिकोप्टरमार्फत धनगढी ल्याएको हो।

चारवटै शवलाई आफन्तको जिम्मा लगाइसकेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए। धनगढीबाट स्थानीय प्रशासनले पीडितको घरसम्म शव पुर्‍याउने व्यवस्था गरेको हो।

 दार्चुला मालिकार्जन गाउँपालिका–४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम–५ का दीपेशराज विष्ट, कैलाली घोडाघोडी नगरपालिका–४ का नारायणप्रसाद न्यौपाने तथा कैलाली बौनियाँ–३ का आशिष चौधरीको शव आफन्तको जिम्मा लगाएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।

न्यौपानेको शव गएराति ल्याइएको थियो भने धामी र विष्टको शव आइतबार विहान र चौधरीको शव दिउँसो नेपाल ल्याइएको थियो।

 गत असोज २० गते हमास समूहको आक्रमणमा परेर इजरायलमा १० नेपाली विद्यार्थी मारिएका थिए।सोही क्रममा ईजराईली राजदुतले पीडितका आफन्तलाई पनि भेटेर फर्केका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.