|

काठमाडौं:  भोजपुरको भोजपुर नगरपालिकामा कांग्रेस उम्मेदवार विजयी भएका छन्। कांग्रेस उम्मेदवार कैलाश कुमार आलेले ४ हजार ७० मत ल्याएर विजयी भएका हुन्। तर उपप्रमुखुमा भने कांग्रेस उम्मेदवारले जित हासील गर्न सकिनन्। उमप्रमुखमा एमाले उम्मेदवार ममिता राइ विजयी भएकी छन्। उनले ३७ सय २३ मत प्राप्त गरेकी छन्।

अर्थ मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको गृहजिल्ला पर्ने भोजपुरमा रहेका ९ स्थानीय तह मध्ये ५ वटाको अन्तिम परिणाम आएको छ। यस मध्ये ४ वटामा एमाले उम्मेदवार विजयी भइसकेका छन् भने भोजपुर नगरपालिकामा विजयी भएसंगै एउटामा कांग्रेस विजयी भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.