|

काठमाडौं : ओपनर फकार जमानको उत्कृष्ट पूनरागमनमा पाकिस्तानले विश्वकप क्रिकेटमा बंगलादेशमाथि ७ विकेटको जित निकालेको छ। 

जितसँगै पाकिस्तान ६ अंकका साथ सेमिफाइनल खेल्ने सम्भावनालाई कायमै राखेको छ। सुरुवाती दुई खेल जितेको पाकिस्तानले त्यसपछि लगातार चार खेल हारेको थियो।जितको लागि २ सय ५ रनको मध्यम विजयी लक्ष्य पछ्याएको पाकिस्तान ३२ दशमलव ३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। 

पाकिस्तानको जितमा फकर जमानले ७४ बलमा ३ चौका र ७ छक्कासहित ८१ रनको योगदान दिए। पहिलो खेलमा नेदरल्यान्ड्ससँगको खेलपछि पाकिस्तानले उनलाई बेन्चमा राखेको थियो। 

अर्का ओपनर अब्दुल्लाह शफिक ६८ रनमा आउट भए। कप्तान बाबर आजम  ९ रनमा क्याच आउट भए। मोहम्मद रिजवान २६ र इफ्तिखार अहमद १७ रनमा नट आउट रहे। बंगलादेशका स्पिनर मेहेदी हसन मिराजले ३ विकेट लिए।

त्यसअघि इर्डेन गार्डेन कोलकातामा टस जितेर पहिला ब्याटिङ रोजेको बंगलादेश ४५ दशमलव १ ओभरमा २ सय ४ रनमा अल आउट भयो। बंगलादेशका महमुदूल्लाह रियादले सर्वाधिक ५६ रन बनाए। 

पाकिस्तानका तीव्र गतिका बलर शाहिन शाह अफ्रिदी र मोहम्मद वासिम जुनियरले तीन तीन  लिए । हरिस रउफले २ विकेट लिए। पाकिस्तान ७ खेलमा ३ मा जित र ४ मा हारसहित ६ अंकका साथ पाँचौं स्थानमा छ।

भारत १२ अंकका साथ शीर्षस्थानमा छ। दक्षिण अफ्रिका १० अंकका साथ दोस्रो स्थानमा छ। न्युजिल्यान्ड ८ अंकका तेस्रो स्थानमा रहँदा ६ खेलमा समान नजिताको साथ ८ अंक भएपनि अष्ट्रेलिया चौथो स्थानमा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.