|

पाल्पा : पाल्पाको चार वटा गाउँपालिकाको नतिजा सार्वजनिक भएको छ। जसमध्ये नेपाल एमालेले तीन वटा र नेपाली कांग्रेसले एउटा स्थानीय तहमा विजय हासिल गरेको छ। पाल्पाको निस्दी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका मुक्तबहादुर सारु ५ हजार ३ सय २० मत सहित विजयी भएका छन्।

उपाध्यक्षमा पनि एमालेकै रिता अर्याल ५ हजार ३ सय ६५ मत सहित विजयी भएकी छन्। अध्यक्षका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शालिकराम पौडेलको पक्षमा २२५६ र उपाध्यक्षका प्रत्यासी वलु गैरेको पक्षमा २ हजार १ सय ८५ मत पर्‍यो।

पूर्व खोला गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका नुनबहादुर थापा ५ हजार ६ सय ३६ मत सहित विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका झमनबहादुर राज मगरले १७३२ मत प्राप्त गरेका छन्। उपाध्यक्षमा पनि नेकपा एमालेकै भागिरथी भट्टराई ५ हजार ४ सय ३१ मत सहित विजयी भएकी छन् भने उनकी प्रतिद्वन्द्वी पुष्पा गाहाले १७४३ मत प्राप्त गरेकी छन।

तिनाउ गाउँपालिकामा नेकपा एमालेका ओमबहादुर घर्तिमगर अध्यक्षमा विजयी भएका छन्। उनले २ हजार ८ सय १९ मत प्राप्त गरेका छन भने उपाध्यक्षमा पनि एमालेकै दमयन्ती थापाले २ हजा ८ सय ७५ मत प्राप्त गरेर विजयी भएकी निर्वाचन कार्यालय पाल्पाले जनाएको छ।

मथागढी गाउँपालिका अध्यक्षमा भने नेपाली कांग्रेसका सन्तोष थापामगर विजयी भएका छन्। उनले ६ हजार ९६ मत प्राप्त गरेका छन्। उपाध्यक्षमा कांग्रेसकै निर्मला भट्टराईले ५ हजार ६सय २४ मत प्राप्त गरेर विजयी भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.