|

गुल्मी : गुल्मीको रुरु गाउँपालिकामा कांग्रेस माओवादी गठबन्धनलाई हराउँदै नेकपा एमालेका निलकण्ठ गौतम अध्यक्ष निर्वाचित भएका छन्।

गौतमले प्रमुखमा ५ हजार २२ मत ल्याएर बिजयी भएका छन्। नेपाली कांग्रेसको समर्थनमा अध्यक्षको उम्मेदवार बनेका माओवादी केन्द्रका यदु ज्ञवालीले ३७ सय ६३ मत ल्याएर पराजित भए। 

उपाध्यक्षमा एमालेकै लक्ष्मी पन्तले ५ हजार ४ सय ८८ मत ल्याएर विजयी भएकी छन्। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देवेन्द्र मल्लले ३४ सय ४६ मत ल्याएर पराजित भए। उक्त गाउँपालिकामा ५ वटा वडामा एमालेले वडा अध्यक्षमा प्यानलै जितेको छ। एउटा वडामा माओवादीको अध्यक्षसहित प्यानल निर्वाचित भएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.