|

–मिलन विक

पाल्पा: पाल्पाको माथागढी गाउँपालिकामा पाल्पा माथिगढी गाउँपालिका अध्यक्ष उपाध्यक्ष सहित सबै वडामा कांग्रेस प्यानल विजयी भएका छन्। गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका सन्तोषकुमार थापा र उपाध्यक्षमा निर्मला भट्टराई विजयी भएका छन।

अध्यक्ष थापाले ६ हजार ९६ मत ल्याएका छन भने उनका प्रतिस्पर्धी नेकपा एमालेका बिमल काफ्लेले ४ हजार २१ मत प्राप्त गरेका छन्। उपाध्यक्ष भट्टराईले ५ हजार ६ सय २४ मत ल्याएर विजयी भइन भने उनको प्रतिस्पर्धी एमालेका माया चिदिले ४ हजार १ सय १ मत प्राप्त गरेकी छन्।  

वडा नं १ मा नेपाली कांग्रेसका अध्यक्षका उम्मेदवार शिवप्रसाद शर्मा सहितको पुरै प्यानल विजयी भएको छ। उनले ९ सय ५१ मत ल्याएका छन भने उनका प्रतिस्पर्धी नेकपा एमालेका पूर्णबहादुर सारुले ६ सय ४० मत ल्याएका छन्। वडा नं २ मा कांग्रेसका जनक रिजेल सहितको प्यानल विजयी भएको छ। रिजेलले ५ सय १२ मत ल्याएका छन्।  उनका प्रतिष्पर्धी एमालेका तुल्सीराम भुषालले ४ सय ३ मत प्राप्त गरेका छन्।

 वडा नं ३ मा कांग्रेसका दिपक थापा १ हजार २ सय २९ मत सहित उनको प्यानल नै विजयी भएको छ। थापाका प्रतिस्पर्धी मानध्वज दर्लामीले ८ सय २८ मत प्राप्त गरेका छन्।

वडा नं ४ मा कांग्रेसकै मधु पराजुली ८ सय ९ मत ल्याएर प्यानल सहित निर्वाचित भएका छन्। उनका प्रतिष्पर्धी एमालेका शंकर दर्लामीले ७ सय ६८ मत पाएका छन्।  

वडा नं ५ मा कांग्रेसका बेलबहादुर ढेँगा मगर सहित उनको प्यानल विजयी भएको छ। ढेँगाले ४ सय ७० मत पाएका छन भने उनका प्रतिस्पर्धी एमालेका चेतबहादुर थापाले ३ सय ७९ मत ल्याएका छन्।

वडा नं ६ मा कांग्रेसकै रनबहादुर खाम्चा राना सहितको प्यानल  निर्वाचित भएको छ। उनले ७ सय ८५ मत प्राप्त गरेका छन्। उनका प्रतिद्वन्दी एमालेका यमबहादुर गाहालाई ३ सय १९ मत प्राप्त भएको छ।

वडा नं ७ मा कांग्रेसकै जंगबहादुर थापाको प्यानल विजयी भएको छ। थापाले ५ सय ५२ मत पाएका छन भने प्रतिस्पर्धी एमालेका लोकबहादुर ढेंगाले ३ सय ४४ मत प्राप्त गरेका छन।  माथागढीकै वडा नं ८ मा पनि नेपाली कांग्रेसले जितेको छ। वडा अध्यक्षमा डिलबहादुर ढेगा मगर सहित कांग्रेसको प्यानल विजयी भएको हो। उनले ३ सय ८२ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी एमालेका गुनुमाया मश्राङ्गीले २ सय ३५ मत पाएको निर्वाचन अधिकृत डोलराज ढकालले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.