|

चितवन :  चितवनको नारायणगढ मुग्लिन सडकखण्ड अन्तरगत ईच्छाकामना गाउँपालिका वडा नम्बर ५ स्थित स्याउलीबजार नजिकै बाटोकाट्ने क्रममा चिप्लिएर लड्दा एकजना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरिक्षक दिपक थापाका अनुसारविहान ११ः४५ बजेको समयमा चिप्लिएर लडेका उनको अबस्था अहिलेसम्म पत्ता लागेको छैन ।

पोखराबाट सर्लाही जान लागेका सर्लाही घर भएका भिखारी चौधरी बेपत्ता भएको थापाले जानकारी दिए। तनहुँको आँबुखैरेनीमा गाडी जाम भएपछि उनी हिंडेर बाटोपार गर्नका लागि मुग्लिनहुँदै स्याउलीबजार आईपुगेपछि  घटना भएको हो ।

हिंडेर बाटो पार गर्न लाग्दा चिप्लिएर उनी लडेको प्रहरीले जनाएको छ । मुग्लिन सडक अन्तरगत स्याउलीबजार र क्यूखोलाको वीचमा घटना भएको जनाईएको छ यसअघि शुक्रबार पनि यसैगरी पहिरो हेर्न जाने  क्रममा कालिखोलामा चिप्लिएर लड्दा स्थानिय एक बहादुर मगरको पहिरोमा परेर मृत्यु भएको थियो ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.