|

पाकिस्तानमा कपास उत्पादनमा गत वर्षको तुलनामा ८२ प्रतिशतले वृद्धि भएको पाकिस्तान कपास जिनर्स एसोसिएसनले आइतबार जानकारी गराएको छ ।

गत वर्ष बाढी र भारी वर्षाका कारण बालीनालीमा क्षति पुगेपछि ३७ लाख भारी उत्पादन भएको कपास यस बर्ष अक्टोबर ३१ सम्ममा नै करिब ६८ लाख भारी उत्पादन भई देशभरका जिनिङ फ्याक्ट्रीमा आइपुगेको छ।

गत वर्ष लगभग पूरै बाली गुमाएको दक्षिण सिन्ध प्रान्तमा यस वर्ष कपास उत्पादनमा १३२ प्रतिशतले वृद्धि भएको सङ्घले जनाएको छ।

उत्पादनमा वृद्धि भए तापनि, देशले अझै पनि कपडा उद्योगको आवश्यकता पूरा गर्न कपास आयात गर्न आवश्यक छ। 

सङ्घीय कृषि समिति तय गरेको लक्ष्यअनुसार पाकिस्तानलाई टेक्सटाइल क्षेत्रमा खपतका लागि एक करोड १५ लाख भारी कपास आवश्यक पर्छ।

यस वर्ष कपासको कुल उत्पादन करिब ९५ लाख भारी हुने अनुमान गरिएको छ भने कपडा व्यवसायीले थप २० लाख भारी आयात गर्नुपर्ने सङ्घले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.