|

दाङ : दाङमा प्रहरीले भरुवा बन्दुकसहित २ जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा गढवा गाउँपालिका-६ बस्ने  ४९ वर्षीय दिलबहादुर राना र सोही ठाउँका ५४ वर्षीय निमबहादुर ब'ढा रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

रानाको साथबाट एक थान भरुवा बन्दुक, १३ वटा गोली, २४ वटा छर्रा, बारुद, २ थान खुकुरी र बुढाको साथबाट एक थान  भरुवा बन्दुक, १० वटा गोली, १३ वटा छर्रा, बारुदलगायत सामग्री बरामद भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी जनकबहादुर मल्ल ले जानकारी दिए। 

उनका अनुसार उनीहरूलाई शुक्रवार राति करिब साढे १० बजे पक्राउ परेका हुन्। गढवा-६ मनिकापुरस्थित बगाले बिसाउने सामुदायिक वनमा भरुवा बन्दुकसहित मानिसहरू हिँडिरहेको गोप्य सूचनाको आधारमा गएको प्रहरी टोलीले अवैध भरुवा बन्दुक बोकेर हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.