|

गुल्मी : सत्यवती गाउँपालिकाको प्रमुखमा कांग्रेस–माओवादी गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन्। निर्वाचित हुनेमा कांग्रेसका पारिश्वर ढकाल रहेका छन्। उनले ५ हजार १ सय ९७ मत ल्याएर विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी एमालेका अम्मर सिंजापतीले ५ हजार १ सय ३३ मत ल्याए।

उपप्रमुखमा एमालेकी सुर्वण शाही निर्वाचित भएकी छन्। उनी ५ हजार ४ सय ४९ मत ल्याएर विजयी भएकी छन्।  यस्तै उपप्रमुखमा माओवादीकी टोपला अर्यालले ४ हजार ९ सय ५५ मत ल्याएर पराजित भएकी छन्। 

गुल्मीमा हाल सम्म ९ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ। ३ तहको नतिजा सार्वजनिक हुन बाँकी छ। सार्वजनिक भएका तहमध्ये एमालेले ५ तह, कांग्रेसले ३ तह र माओवादी गठबन्धनले १ तहमा जित हासिल गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.