|

जाजरकोट : भूकम्पले जाजरकोटमा सबैभन्दा बढी क्षति पुर्‍याएको छ। यहाँ १०१ जनाको मृत्यु भएको छ। १५२ जना घाइते भएको प्रहरीको तथ्यांक छ।

भेरी नगरपालिकामा ३६ जनाले ज्यान गुमाएका छन् भने घाइते ६५ छन्।  ३४४ घर पूर्णरूपमा भत्किएका छन् भने ७१२ वटा आंशिक। ​दुईवटा विद्यालय पूर्णरूपमा भत्किएको र भने आंशिक रूपमा १७ वटामा क्षति भएको छ। त्यस्तै  ५ वटा सरकारी कार्यालयमा क्षति पुगको छ।

नलगाड नगरपालिकामा मृत्यु हुनेको संख्या ५२ छ। ७३ जना घाइते भएका छन्। २०० घर पूर्णरूपमा क्षति भएको र ६०० घर आंशिक भत्किएका छन्। विद्यालय १२ पूर्णर"पमा भत्किएका छन् भने आंशिक रुपमा २१ वटामा क्षति पुगेको छ। ६ वटा सरकारी कार्यालयमा क्षति भएको छ।

छेडागाडमा मृत्यु २ जनाको भएको छ भने एकजना घाइते भएका छन्। १०० घरमा पूर्ण क्षति भएको र आंशिक रुपमा ५०० मा क्षति भएको छ। तीन विद्यालयमा आंशिक क्षति भएको पाइएको छ।

कुशे गाउँपालिकामा दुईजनाको मृत्यु भएको छ। एकजना घाइते भएका छन्।  ९५ वटा घरमा पूर्णरूपमा क्षति पुगेको छ भने ३०१ वटामा आंशिक क्षति पुगेको छ। चार विद्यालय पूर्णरूपमा भत्किएका छन् भने १७ वटामा आंशिक क्षति भएको पाइएको छ। एक सरकारी कार्यालय पूर्णरूपमा भत्किएको भने १७ वटा आंशिक क्षति पुगको छ। 

बारेकोटमा चारजनाको मृत्यु भएको छ। चारजना घाइते भएका छन्। १६० घर पूर्णरूपमा भत्किएका छन् भने  ५६० घर आंशिक क्षति पुगेको छ। पाँच विद्यालय भवन पूर्णरूपमा भत्किएका छन् भने २ वटा आंशिक भत्किएको पाइएको छ। एक सरकारी कार्यालय पूर्णरूपमा भत्किएको र दुई कार्यालयमा आंशिक क्षति पुगेको छ।

शिवालय गाउँपालिकामा एकजना घाइते छन्। एक घर पूर्णरूपमा भत्किएको र ३७ वटा घर आंशिक क्षति भएको छ। पाँच विद्यालयमा आंशिक क्षति पुगेको छ। एक सरकारी कार्यालयमा क्षति पुगेको बताएको छ।

जुनिचाँदे गाउँपालिकामा २७० घर पूर्णरूपमा भत्किएको र ४ हजार ५६ घरमा आंशिक क्षति भएको छ। जाजरकोटमा १ हजार १७० वटा घर पूर्णरूपमा क्षति भएको पाइएको छ। सात हजार १६६ वटा घर आंशिक क्षति भएको पाइएको छ। २३ वटा विद्यालयको पूर्ण क्षति र ७५ वटा आंशिक क्षति भएको बताइएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.